|

रुकुम पूर्व : रोल्पाको त्रिवेणी गाउँपालिका–२ का आगलागी पीडित बस्न, खान र पानीको अभाव भएको छ। वैशाख १४ र १५ गतेको आगलागीबाट त्रिवेणी–२ पिरालगायत गाउँमा ३२ घर र १९ वटा गोठ जलेर ध्वस्त भएका थिए। पीडितहरुमध्ये केही आफन्तकोमा शरण लिएर बस्न बसेका छन्। केही भत्केकै घरमा त्रिपाल राखेर बसिरहेका छन्। 

पिराले र बर्तीबाङमा खानेपानीको अभाव भएको छ। नजिकको जंगलबाट गाउँमा पसेको डढेलोले मुल खोला सौर्य लिफ्ट खानेपानी आयोजना र प्युरी बर्तीबाङ सौर्य लिफ्ट खानेपानी आयोजनामा क्षति भएपछि खानेपानीको समस्या भएको हो। खानेपानी आयोजनाको सौर्य पाता, पाइप र तार जलेकाले तत्काल मर्मत गर्न समस्या भएको बताइएको छ। 

आगलागीबाट ६२ लाख १९ हजार रुपैयाँ बराबरको क्षति भएको भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। पीडितहरुलाई प्रशासनले प्रतिपरिवारलाई १५ देखि २० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको छ। ५ सदस्य रहेको परिवारलाई १५ हजार र त्यसभन्दा बढी सदस्य भएको परिवारलाई २० हजार रुपैयाँ प्रदान गरिएको प्रजिअ सापकोटाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.