|

काठमाडौं :  नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दैछन्। 

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। जारी लिगमा पोखरा थन्डर्सले ३ मध्ये एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको छ। ललितपुरले भने दुईटा खेलमा बराबरी गर्दा एउटामा पराजय भोगेको छ।

लिगमा ४ खेल खेलेको धनगढी २ मा जित र १ मा बराबरी खेल्दै ७ अंकसहित शीर्ष स्थानमा छ भने एकमा जित र दुई खेलमा बराबरी गरेको बुटवल–लुम्बिनी ५ अंकसहित दोस्रो स्थानमा छ। 

हिजोका खेलमा बुटवल–लुम्बिनी र विराटनगरले २–२ गोलको बराबरी खेल्दा धनगढीले चितवनलाई ३–० गोलले पराजित गरेको थियो। प्रतियोगितामा ७ वटा फ्रेन्चाइज टोली सहभागी छन्। विजेता टिमले ३५ लाख हात पार्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.