|

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका छन्।  वैशाख २७ गते आफूले सदनबाट विश्वासको मत लिने आज बसेको मन्त्रिपरिषद बैठकमा उनले यसबारे जानकारी गराएका नेकपा एमालेका एक नेताले बनाए।  

ती नेताका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चल्दै गर्दा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका थिए।

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर पनि ओलीको विपक्षमा बहुमत पुर्‍याउन नसकेका कारण माओवादीले तत्काल सरकारलाई दिएको समर्थन लिने छाँटकाँट देखाएको छैन। 

यता जनता समाजवादी पार्टी(जसपा) भित्र पनि सरकारमा जाने/नजाने विषयले पार्टी विभाजनकै दिशातर्फ धकेलिएको छ। जसका कारण पनि ओलीतिर दलहरूले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकेका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.