|

बाँके : कोरोना भाइरस संक्रमण भयावह बनेको बाँकेमा निषेधाज्ञा थप एकसाता लम्बिएको छ।  सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ति जारी गर्दै एक हप्ता निषेधाज्ञा थप गरिएको जनाएको हो। अब २७ गते रातिसम्म निषेधाज्ञा लागू हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

संक्रमण तीव्ररूपमा फैलिएपछि बाँकेमा वैशाख १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासनले निषेधाज्ञा सुरु गरेको थियो। संक्रमण नियन्त्रण, रोकथामका लागि प्रशासनले नेपालगन्ज उप–महानगरपालिकामा त्यसअघि नै निषेधाज्ञा गरेको थियो।

अहिले पनि संक्रमण दर नघटेका कारण प्रशासनले संक्रमण फैलावटको चेन ब्रेक गर्न जारी निषेधाज्ञा लम्ब्याएको हो। बाँकेमा संक्रमण दरसँगै मृत्यु दर पनि बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.