|

इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ।

पछिल्लो झडपमा कम्तिमा १६९ जना घाइते भएका छन्। घाइतेमध्ये १६३ जना प्यालेस्टाइनी र ६ जना इजरायली प्रहरी रहेको बीबीसीमा खबर छ। 

प्यालेस्टाइनी मेडिकल सेवा र इजरायल प्रहरीले पछिल्लो हिंसाबारे जानकारी दिएका छन्।

हिंसामा घाइते भएकाहरूको उपचार गर्न क्रिसेन्टले एक अस्थायी अस्पताल नै सञ्चालनमा ल्याएको छ। 

पूरानो जेरुसेलम शहरमा रहेको अल अक्सा मस्जिद क्षेत्रमा हिंसा भड्किएको हो। सो क्षेत्रमा यहुदीहरूले पवित्र मान्ने माउन्ट मन्दिर पनि छ। पछिल्ला केही दिनयता त्यहाँ तनाव बढिरहेको थियो।

मस्जिद वरपरको जमिन आफ्नो भएको दाबी गरिरहेका प्यालेस्टाइनीहरूलाई यहुदीहरूले विस्थापित गरिदिएपछि हिंसा भड्किएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.