|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यापारिक घरानालाई पोस्न प्रधानमन्त्री केपी शर्मा ओली ले  जनताको जीवन दाउमा लगाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सोमबार सम्बोधन गर्दै देउवाले कमिसनको चक्करमा खोप आयात रोकिनु दुखद भएको बताए। सरकार पूर्णरुपमा असफल भएको आरोप लगाउँदै देउवाले ‘अरुलाई दोष देखाएर तपाई जिम्मेवारीबाट भाग्न मिल्छ?’ भनेर ओलीलाई प्रश्न गरे।

अहिलको परिस्थिती प्रधानमन्त्रीकै कारणले सृजना भएको भन्दै देउवाले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा नलागेको कारणले भयावह अवस्था आएको बताए। कोरोनाको महामारीको बेलामा समेत सरकार भ्रष्टाचार लागेको उनको आरोप छ। सरकार गठन भएदेखिनै संघीय लोकतन्त्रिक गणतन्त्र संकटमा परेको देउवाको भनाई छ।

‘संविधान लत्याउने काम भएका छन्। प्रतिनिधि सभामा समेत सभामुख र उपसभामुख हुने व्यवस्था छ। अझै उपसभामुख छैन’ उनले भने,‘प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेपछि पुर्नस्थापनाको लागि सडकमा गएका थियौँ। अदालतले पुर्नस्थापना गरिदियो।’

प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने समेत उनले बताए। प्रधानमन्त्रीले हुकुमी शैलीमा देश चलाउन खोजेको आरोप लगाए। दल विभाजन र सांसद् अपहरणमा समेत सरकार लागेको देउवाको आरोप छ।

उनले भने, ‘देश अत्यन्त अप्ठ्यारो अवस्थामा छ। नेपाली जनताले दशकौं देखिको त्याग, तपस्या र बलिदानपछि हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक व्यवस्था पाएका छौं। संविधान समानुपातिक समावेशी चरित्रको छ। यस्तो संविधानमा नेपाली जनताको धेरै पुस्ताको रगत सिर्जित छ। लोकतन्त्रका लागि जीवन आहूति गर्ने सहिदको स्मरण गर्दछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.