|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्।

कोरोना संक्रमण भई १८ दिनदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत शाहको दुई दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । 

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ।

पूर्वरानी कोमल शाहको भने स्वास्थ्यमा सुधार आएपछि आइसीयुबाट वार्डमा सारिएको छ।  

उनको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। अहिले अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयुबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनको अवस्था अहिले सामान्य छ। पूर्वअधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.