|

काठमाडाैं : नेकपा एमाले नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच भएको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको बताएका छन्। 

आज फेसबुकमार्फत नेता भट्टराईले एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गर्न पनि आग्रह गरेका छन्। 

उनले पार्टी एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगर्न र धैर्य पनि अनुरोध गरेका छन्। 

आज बूढानीलकण्ठस्थित एक घरमा भएको वार्तामा नेता नेपाल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीबीच झण्डै चार घण्टा छलफल भएको थियो। छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका थिए। 

उनले लेखेका छन् - एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी पार्टी एकता सबैको चाहना हो । आज अध्यक्ष कमरेड केपी ओली र बरिस्ठ नेता कमरेड माधवकुमार नेपालका बिचमा भएको वार्ताले परिस्थितीलाई सकारात्मक दिशा दिएको छ । आजको थालनीलाई तार्किक निश्कर्समा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौ । एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौ । धैर्य गरौ ।नगरौ 

पार्टी एकता सबैको चाहना हो । आज अध्यक्ष कमरेड केपी ओली र बरिस्ठ नेता कमरेड माधवकुमार नेपालका बिचमा भएको वार्ताले...

Posted by Yogesh Bhattarai on Thursday, May 13, 2021

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.