|

बाग्लुङ : कोरोना संक्रमणबाट बाग्लुङमा थप दुईजनाको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मंगलबार मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो। त्यस्तै, बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिलाको पनि मंगलबार बिहानै मृत्यु भएको हो। होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा जटिल समस्या आएपछि उनीहरु अस्पताल भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.