|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल दोहोर्याएर शपथ लिन नपर्ने भएको छ। प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

योसँगै तत्काल दोहोर्याएर शपथ लिन नपर्ने भएपनि अदालतले प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले प्रधानमन्त्रीलाई निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो? भन्दै आदेश जारी हुनुनपर्ने कानून बमोजिमको आधार कारण भए सो समेत साथै राखि आदेश प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.