|

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार दुई सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार  २० हजार ९ सय ७९ जनामा कोरोना परिक्षण गरिएको थियो।

यो अवधिमा थप एक सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै मृत्यु हुनेको जम्मा संख्या पाँच हजार चार सय ११ पुगेको छ। ६ हजार ८ सय ९१ निको भएर घर फर्किएको मन्त्रालयले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.