|

सर्लाही : कोरोना संक्रमणबाट सिरहामा एक चिकित्सकको मृत्यु भएको छ। लहान नगरपालिका–६ घर भएका अर्थोपेडिक विशेषज्ञ मुकेश चौधरीको निधन भएको हो।

लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार चौधरी कोरोना संक्रमित भई ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए। सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही समयमै चौधरीको मृत्यु भएको यादवले बताए। 

३५ वर्षीय डाक्टर चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.