|

जनकपुरधाम : प्रदेश २ का समाजिक विकास मन्त्रालयले महोत्तरीको जलेश्वर अस्पतालको लागि काज सरुवामा पठाएका तीन जना डाक्टर बाटोबाटै गायव भएका छन्।

जलेश्वर अस्पतालमा कोभिड १९ विशेष अस्पतालमाको लागि तयार गरी जडान गरेका ५ भेन्टिलेटर सञ्‍चालन गर्ने दक्ष जनशक्ति नहुँदा एक वर्षदेखि थन्किएर अलपत्र परेको भेन्टिलेटर सञ्चालनका लागि मन्त्रालयले काजमा पठाएको डाक्टर नपुगेपछि उनीहरूको खोजी फेसबुकमार्फत हुन थालेको छ।

​जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले मंगलबार मन्त्रालयले पठाएको डाक्टरहरु नआएको भन्दै फेसबुकमा स्टाटस लेखे। उनका अनुसार मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरबाट ३ डाक्टरलाई काजमा पठाएको छ। तर, कोही पनि सम्पर्कमा छैन। हाजिर हुन नआएपछि खोज्न थालेको उनको भनाइ छ।

मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. रविरंजन प्रधान, एनेस्थेसिया शैलेन्द्र कुमार यादव र मेडिकल अधिकृत डा. सन्तकुमार यादवलाई जलेश्वर अस्पतालमा काजसरुवा गरेको छ।

डा. रविरंजन र एनेस्थेसिया शैलेन्द्रलाई गत वैशाख २८ तथा मेडिकल अधिकृत डा. सन्तलाई वैशाख २७ गते नै मन्त्रालयले पत्र काटेको थियो ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिडेन्डेन्ट डा. प्रमोद यादवले मन्त्रालयले काज सरुवा गरेका तीनैजनालाई यहाँबाट रवाना दिइसकेको हुँदा तीनजना डाक्टरहरु हिँडिसकेको प्रतिक्रिया दिए। मेसु यादवले भने, ‘यहाँ त ड्यूटी हटाइसकेका छौं। जलेश्वर अस्पतालमा हाजिर भएको छैन भने सम्पर्क गर्नुपर्‍यो नि ।’ उनले ती डाक्टरहरु कहिलेदेखि प्रादेशिक अस्पताल जनकपुरमा ड्युटी गर्न छाडेको कुरा चाहिँ हेरेर मात्र भन्न सकिने बताए।

डाक्टर नपुगेपछि जलेश्वर अस्पतालमा उपचाररत कोभिडका बिरामीहरू भने समस्यामा परेका छन्। अस्पतालमा ५ भेन्टिलेटर छन्, तर दक्ष जनशक्ति नभएपछि प्रयोगविहीन अवस्था छ। त्यहाँका बिरामीको अवस्था बिग्रिएर भेन्टिलेटरको आवश्यकता परेमा बाहिर पठाउने गरेको अस्पतालले जनाएको छ।

अध्यक्ष  पाण्डेको स्टाटस :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.