|

हेटौंडा :  जेठ २ गते थाहाखबरमा हेटौंडालाई कर्मथलो बनाउँदै आएका दैनिक ज्यालादारी गर्ने वर्ग कोरोना नियन्त्रणको लागि भएको निषेधाज्ञाको कारण मारमा परेको भन्ने समाचार प्रकाशन भएको थियो। सोही समाचार प्रकाशन भएपछि त्यहाँका २१ परिवारले राहतस्वरुप खाद्यान्न सहयोग पाएका छन्।

हेटौंडा १० र ११ लाई जोड्ने राप्तिपुलमुनि हेटौंडालाई कर्मथलो बनाई लामो समयदेखि त्रिपाल टाँगेर केही परिवार बस्दै आएका छन्।  नेपालकै तराईको विभिन्न जिल्ला र छिमेकी मुलुक भारतका समेत उनीहरु दैनिक ज्यालादारी गरी आफ्नो जीविका चलाउँदै आएका छन्।

तर, कोरोना भाइरस नियन्त्रणको लागि हेटौंडामा २ साताभन्दा लामो समयदेखि जारी निषेधाज्ञाले उनीहरुलाई बिहान बेलुका हातमुख जोड्नै समस्या भएको छ। यसै विषयमा थाहाखबरले गत जेठ २ गते ‘खाना केही छैन, यस्तो बेलामा  कसको ढोका ढकढकाउनु?’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

यो समाचार पढेपछि मकवानपुरकै सञ्चारकर्मी राजेश गरिबको नेतृत्वमा त्यहाँका २१ परिवारलाई खाद्यान्न वितरण गरिएको हो।

सञ्चारकर्मी थापाले थाहाखबरमा प्रकाशित समाचार पढेपछि थाहाकर्मीलाई सम्पर्क गरी त्यहाँ रहेकाहरुलाई राहतस्वरूप खाद्यान्न वितरण गरेका छन्। उनले आफ्नो नेतृत्वमा १९ परिवारलाई  १९ प्याकेट तेल, १९ किलो दाल र ४ बोरा चामल सहयोग गरेका हुन्।

थापाले सहयोगको लागि नेतृत्व आफूले गरे पनि सहयोग सामग्री भने खतिवडा किराना स्टोर्सका विष्णु खतिवडा, बाबा वैद्यनाथ खाद्यान्न भण्डारका सुदर्शन खरेल, सहयोगी मन  नेपालका अध्यक्ष केदार चौलागाईं  र ज्ञानदास खतिवडाले उपलब्ध गराएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.