|

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलकाे बैठक स्थगित भएकाे छ।

आज साँझ ७ बजेका लागि बैठक बाेलाइएकाे भए पनि सबै सदस्य उपस्थित हुने अवस्था नदेखेपछि भाेलि ५ बजे बस्नेगरी बैठक स्थगित गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले थाहाखबरलाई जानकारी दिए।

'आज अनाैपचारिक छलफल गरियाे। सबै साथीहरू उपस्थित हुने वातावरण देखिएन', उनले भने, 'भाेलि १० जना नै उपस्थित हुने वातावरण मिलाएर बैठक स्थगित गरेका हाैँ।'

कार्यदल अनाैपचारिक रूपमा विभिन्न विषयमा छलफल गरिरहेकाे उनले बताए। आजको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची थियो। मंगलबार बसेकाे बैठकले एकताबद्ध भएर लाग्नका लागि कसैलाई अविश्वासकाे वातावरण सिर्जना नगर्न आग्रह गरेकाे थियो।

पार्टी विभाजनकाे अवस्थामा पुगेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमती बनेपछि १० सदस्यीय कार्यदल निर्माण भएकाे थियो।

कार्यदलम संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.