|

सुर्खेत :  वीरेन्द्रनगर नगरपालिका वडा ३ लाई कोभिड–१९ रोग विरुद्ध लड्नका लागि नवीन ड्रग हाउसले औषधिहरु सहयोग गरेको छ।

बिहीबार हाउसका संचालक कबिराज कँडेलले वडाअध्यक्ष भूपेन्द्र खत्रीलाई ४४ हजार ८०० मूल्य बराबरको औषधि हस्तान्तरण गरेका हुन्। मास्क, सेनिटाइज, रुघाखोकी काम गर्ने औषधि, एन्टिबायोटिक, भिटामिनका औषधिहरु दिइएको छ। 

प्राप्त औषधिहरु वडाका कोरोना सङ्क्रमित भएकाहरुलाई प्रगतिनगर स्वास्थ्य केन्द्रमार्फत वितरण गरिने वडाअध्यक्ष खत्रीले बताए। यसैगरी विहीवार विहान वडामा एन्टिेजनमार्फत कोरोना जाँच पनि गरिएको छ। वडाअध्यक्ष खत्रीका अनुसार ५० जनामा परीक्षण गर्दा सात जनालाई पोजेटिभ देखिएको छ। अन्यको रिपोर्ट आउन बाँकी छ।

 वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखा उपप्रमुख भूपेन्द्रदेव गिरीलगायतको टोलीले कोरोना जाँच गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.