|

तातोपानी : चीन सरकारले नेपाललाई अनुदानमा दिने भनिएको लिक्विड अक्सिजन तातोपानी आइपुगेको छ। अन्य विभिन्न स्वास्थ्य सामग्री सहित ३० मेट्रिकटन लिक्विड अक्सिजन आज शनिबार तातोपानी आइपुगेको हो।

ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाएको अक्सिजन भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए। सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको ३० मेट्रिक टन अक्सिजन तातोपानी भन्सार कार्यालय आइपुगेको हो।

केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेसँगै यो स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो। अनुदानमा प्राप्त भई नेपाल आइपुगेको सो लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने छ। 

लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटर लगायत सामान पनि चीनले पठाउने जनाएको छ।

लिक्विड अक्सिजन दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं लैजाने गौतमले बताए। उताबाट आउँदा पनि दमकलले स्कर्टिङ गरेको थियो। अक्सिजन बोकेको साधनलाई हरेक जिल्लाका प्रहरीले आफ्नो सीमा क्षेत्र कटाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.