|

विराटनगर : प्रदेश १ सरकारले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने भएको छ। जसका लागि १० रुपैयाँ पनि जम्मा गर्न सकिनेछ। विपन्न नागरिकको उपचारका लागि स्वास्थ्य कार्यक्रम ल्याउने प्रदेश १ सरकारको तयारी छ।

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नलाई केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार बताएकी हुन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव लिँदै उनले सो कुरा बताएकी हुन्। विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरी उपचार कोष निर्माणको अवधारणा अघि सारिएको उनले बताइन्।

अभियानमा प्रदेश १ का कुनै पनि नागरिक नछुटून् भनेर न्यूनतम १० रुपैयाँदेखि अधिकतम जति पनि कोषमा राख्न सकिने गरी अवधारणा तय गरिएको मन्त्री राईले बताइन्। उनले भनिन्, ‘सम्पन्न व्यक्तिहरु हेलिकप्टर चार्टर्ड गरेर सुविधासम्पन्न अस्पताल पुग्न सक्छन्। तर गरिब जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको छ।‘

सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकिने गरी सरकारले ‘एप्स’ निर्माण गर्ने पनि मन्त्री राईको भनाइ छ। उनले उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्नेसमेत बताइन्। 

सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.