|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दुई साता भित्रमा एसईई परीक्षाको विकल्पबारे मन्त्रालयले निर्णय लिने बताएका छन्। ‘गल्लीगल्ली डट इन्फो’ले बुधबार गरेको भर्चुअल छलफलमा कोरोनाले रोकिएको परीक्षाबारे उनले यस्तो बताएका हुन्।

उनले भने, ‘परीक्षा बोर्डले कार्यदल बनाएको छ, विकल्पसहितको सुझाव आएपछि मन्त्रालयले दुई साताभित्रमा टुंग्याउँछ, विकल्पसहितको छलफल अन्तिम चरणमा पुगेको छ भन्ने पाएको छु।’ 

उनले कक्षा ८, १० र १२ बाहेक अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्ने बताए। बालबालिकाविज्ञ डा.मीनाक्षी दाहालले विषम स्थितिमा बालबालिकालाई समग्र मनोवैज्ञानिक पक्षमा नकारात्मक असर पार्न नहुने बताइन्।

त्यस्तै, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई सहज रुपमा सूचना प्रविधिका साधनमा जोड्न तीनै तहका सरकारले प्रभावकारी काम नगरेको गुनासो गरे। 

याे पनि पढ्नुस​​

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.