|
फाइल तस्बिर

काठमाडौं : शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले दुई दिन भित्रमा एसईई र कक्षा-१२ को परीक्षा मोडालिटी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डलाई बुझाउने भएको छ।

प्रतिवेदन अन्तिम चरणमा पुगको बताउँदै विभागका महानिर्देशक अर्यालले दुई दिन भित्रमा प्रतिवेदन बुझाउने जानकारी दिए।

‘अहिले रिपाेर्ट बुझाउन भ्याइएको छैन,’ उनले भने, ‘दुई दिन भित्रमा बोर्डलाई बुझाउँछौँ।’ उनले बोर्डमा प्रतिवेदन बुझाएपछि मात्र के-कस्तो मोडालिटी लिइएको छ भन्ने सार्वजनिक गरिने बताए। 

‘मोडालिटीबारे अहिले नै नभनौँ,बोर्डमा बुझाएपछि मात्र सार्वजनिक हुन्छ,’अर्यालले भने।

बोर्डले कोरोना संक्रमणदर बढ्दै गएपछि वैशाख २७ गते एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो। सोही दिन कार्यदलले १५ दिनभित्र परीक्षा मोडल तयार पारेर  बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने निर्णय पनि भएको थियो।

यही जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, काेराेनाका कारण परीक्षा हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.