|

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पहल गरेकी छिन्। 

मंगलबार साँझ भारतीय समकक्षी रामनाथ काेविन्दलाई खोप उपलब्ध गराउनका लागि पहल गर्न भन्दै पत्र पठाएकी राष्ट्रपति भण्डारीले बुधबार दिउँसाे चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन संवाद गरेकी हुन्।

कुराकानीका क्रममा चिनियाँ समकक्षी सीसँग राष्ट्रपति भण्डारीले नेपाल सबै नेपालीलाई पुग्ने खोप किन्न इच्छुक रहेको भन्दै पहल गरिदिन अनुराेध गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। जवाफमा चिनियाँ समकक्षी जिनपिङले आफूले सक्दो सहयोग गर्ने बताएका थिए।

राष्ट्रपति भण्डारीले  भारतीय समकक्षी कोविन्दलाई यसअघि अनुदानमा उपलब्ध गराएको खोपका लागि धन्यवाद दिँदै थप खाेप किन्ने वातावरण निर्माणका लागि पहल गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस संयोजक सोम राईले जानकारी दिए। 

भारतले यसअघि नै कोभिसिल्ड खोपको १० लाख डोज अनुदानमा दिएको थियो। तर पछि फेरी नेपालले २० लाख डोज खरिद गर्नका लागि रकम भुक्तानी गरेको थियाे। त्यसमध्ये १० लाख डोज आइसकेको छ भने, बाँकी १० लाख डोज अहिलेसम्म दिएको छैन। जसका कारण पहिले डोज लगाएर बसेको ज्येष्ठ नागरिकले समयमा दोस्रो डोज पाउन सकेका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.