|

संखुवसभा : संखुवासभा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ।

संखुवासभा जारी निषेधाज्ञा उल्लंघन गरे एक लाख देखि ५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको हो। संखुवासभाका कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए। 

मंगलबार जिल्ला प्रशासन कार्यालय सूचना जारी गर्दै निषेधाज्ञा उल्लंघन गर्ने सो कारवाही गर्ने भएको हो। निषेधाज्ञाको समयमा बाधा अवरोध गर्ने व्यक्तिले एक लाख रुपैयाँ र संघसंस्थाले ५ लाखसम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुने तोकिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत जय प्रकाश बस्नेतले जानकारी दिए।

निषेधाज्ञा उल्लंघन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको उनले बताए। अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ। हालसम्म जिल्लामा ५ सय ८८ जना बढीमा संक्रमण पुष्टी भइसकेको छ। 

त्यस्तै मास्क नलगाई सार्वजनिक आवतजावत गरे पटकैपिच्छे एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लघंन गरेमा पटकैपिच्छे एक सय रुपैयाँ जरिवाना तोकको छ।

त्यस्तै निषेधाज्ञा उल्लघंन गरेर सवारीसाधन चलाए पटकैपिच्छे २ पाङ्ग्रे सवारीसाधनलाई भएमा दुई हजार रुपैयाँ र अन्य चार पाङग्रे सवारीसाधन भए पाँच हजार जरिवाना तोकिएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशबमोजिम मापदण्ड पालन गर्न जिल्लाबासीलाई उनले अनुरोध गरे। निषेधाज्ञामा नेपाल सरकारको कोभिड व्यवस्थापनसम्बन्धी २०७८ मा जारी अध्यादेशअनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ।

निषेधाज्ञालाई थप कडाई गर्दै खाद्यान्न बिहान ७ देखि १० बजेसम्म खोल्न दिइने उल्लेख छ कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संखुवासभा जिल्लामा आगामी २५ गतेसम्म निषेधाज्ञा थप गरेको छ।

मंगलबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि १३ गतेदेखि २५ गतेसम्म निषेधाज्ञालाई थप कडाइ गर्दै निरन्तरता दिइएको हो। वैशाख २५ गते राति १२ देखि लागु भएको निषेधाज्ञा आगामी जेठ २५ गते राति १२ बजेसम्म थपिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.