पत्रकार महासंघद्वारा दोषीमाथि कारबाही माग

|

जनकपुरधाम : महोत्तरीमा एक पत्रकारमाथि दुर्व्यवहार भएको छ। भिडियो खिचिएको भन्दै एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नवीन चौधरीको संचार सामग्री नियन्त्रणमा लिई लिएर डिलिट गर्न बाध्य पारिएको छ। 

जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहीन सडक ढलान गरेको भिडियो खिचेका पत्रकार चौधरीको उपभोक्ता समितिका अध्यक्ष संजीव कुमार रायले मोबाइल खोसेर समग्री डिलिट गरेका हुन्। अध्यक्ष राय पूर्वप्रहरी हुन्।

सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो। बिहीबार बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले त्यो सडकको भिडियो र फोटो खिचेका थिए।

फोटो र भिडियो खिचिरहेको देखेपछि उपभोक्ता समितिका अध्यक्ष रायले पत्रकार चौधरीलाई धम्याक्याउँदै 'किन सडकको भिडियो र फोटो खिचेको? तुरुन्त डिलिट गर' भन्दै हातपात गरी मोबाइल खोसेर संचारसमग्री डिलि‍ट गरिदिएका थिए।

पत्रकार चौधरीमाथि उपभोक्ता समितिका अध्यक्ष रायले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले घोर निन्दा र भत्सर्ना गरेको छ।

महासंघ सचिव राजकरण महतोले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदाहुदै रायले मोबाइल थुतेर फोटो र भिडियो डिलेट गरी पत्रकारमाथि हातपात गरेको घटनाको भत्सर्ना गरेका छन्। घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरिएको छ। 

महासंघद्वारा जारी विज्ञप्तिमा दोषीलाई आवश्यक कानुनी कारबाहीका दायरामा ल्याई पत्रकार र पत्रकारिताको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग माग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.