|

तनहुँ : व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया सरस्वती घर्ती रहेको प्रहरीले जनाएको छ।

तीन दिनदेखि लगातारको वर्षाका कारण गएको पहिरोले सरस्वतीलाई पुर्दा घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लैजाने तयारी गर्दा मृत्यु भएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए। 

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार घरका अन्य सदस्य अर्कै कोठामा सुतेका कारण सकुसल रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.