|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले बजेट ल्याउने बेला नरहेको टिप्पणी गरेका छन्।

कामचलाउ सरकारले अध्यादेशबाट आगामी आर्थिक वर्ष ०७८/७९ को १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएपछि पुनले यस्तो टिप्पणी गरेका हुन्। ‘सरकारले अहिले बजेट ल्याउने बेला होइन।

संवैधानिक दायरा भन्दा बाहिर रहेर सरकारले बजेट ल्याएको छ’ उनले भने। ‘सरकारको बजेट हेरेपछि प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास बढ्यो।’

सरकारले घोषणा गरको निर्वाचन हुने विश्वास नभएकै कारणले यस्तो बजेट ल्याएको उनको भनाई छ। सरकारले संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर बजेट ल्याएको उनले दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.