|

काठमाडौं : चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने, ‘ अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने लगाउने तयारी गरेका छौँ।‘

चीनबाट थप १० लाख डोज ‘भेरोसेल’खोप आउँदैछ ।

 उनका अनुसार खोप प्राप्त हुनासाथ राजधानी उपत्यकासहित यथासक्य छिटो देशभर पुर्याएर लगाउन सुरु गरिनेछ। नेपाल एयरलायन्सको विमान चीनले अनुदानमा दिने घोषणा गरेको खोप लिन  सोमबार राती बेइजिङ प्रस्थान गर्दैछ।

 १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जान लागेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पाैडेलले बताए। उनका अनुसार उक्त खोप लिएर जहाज मंगलबार दिउँसाे २ बजे काठमाडाैं आइपुग्ने छ।

बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्नेछ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन सम्वादपछि चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्ष उमेर समूहलाई दिएको थियो। यही खोपको पहिलो मात्रा लगाएका  करिब ९ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप लगाउने समय भएपनि लगाउन पाइएको छैन।

‘कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई सरकारले एस्ट्राजेनेकाको खोप ल्याएर लगाउने तयारी गरेको छ। जेष्ठ नागरिक र अन्य गरेर कोभिसिल्डको पहिलो डोज लगाएका झण्डै १४ लाखलाई दोस्रो डोज लगाउन बाँकी छ।  

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.