|

काठमाडाैं : कोरोना महामारीका कारण पटक पटक सरेको विश्वकप २०२२ तथा एसिया कप २०२३ को दोस्रो चरणका छनोट खेलहरू २० जेठबाट कुवेतमा सुरु हुँदै छन्।

सामान्य अवस्थामा नेपालको घरेलु मैदानमा हुने खेल एएफसीले कोरोना महामारीको कारण देखाउँदै न्युट्रल भेन्युको रुपमा रहेको कुवेतमा गर्ने निर्णय गरेसँगै नेपाली टिम आइतबार राति कुवेत पुगेको छ। इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाल स्थलमार्गबाट कुवेत पुगेको हो। दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ।

कुवेतमा नेपालले २० जेठमा चाइनिज ताइपेई, २४ जेठमा जोर्डन र २८ जेठमा अष्ट्रेलियासँग खेल्नेछ। यसअघि नेपालले अवे अन्तर्गत सबै तीन खेल खेलिसकेको छ। कुवेतसँगको होम खेल भने दशरथ रंगशाला तयार नभएपछि भुटानमा गएर खेलेको थियो।

समग्रमा विश्वकप छनोटको सम्भावना कमजोर रहे पनि एसिया कपको लक्ष्य भने अन्त्य भइनसकेको प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। उनले बाँकी तीन खेलमा राम्रो नतिजा निकाल्ने प्रयासमा नेपाल रहने बताएका छन्।

एसियाकप छनोटमा नेपालको अवस्था

एसियाली क्षेत्रका विभिन्न ४० टिमलाई ८ समूहमा विभाजन गरेर छनोट खेलाइरहेको छ। समूह विजेता ८ र उपविजेता हुनेमध्ये उत्कृष्ट चार टिम गरी कुल १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन्। साथै एसिया कपका लागि सीधै छनोट हुनेछ। विश्वकप छनोटका लागि अघिल्लो चरण सम्भावना (गणितीय) रहे पनि एसियाकप छनोटको अघिल्लो चरणको सम्भावना भने कायम छ। 

छनोटमा पनि नेपालको ध्यान एसिया कपका लिग अघिल्लो चरणमा स्थान बनाउनेमा हुनेछ। यदि नेपालले चाइनिज ताइपेईलाई हराए र उत्कृष्ट चारमा अटाएमा सीधै तेस्रो चरणको छनोटमा पुग्ने छ। जहाँ २४ टिमलाई ६ समूहमा विभाजन गरेर दुई लेग खेलमार्फत हरेक समूहको विजेता र उपविजेताले एसिया कपमा स्थान बनाउने छन्।

अहिले नेपालले चौथो स्थान हासिल गर्न नसकेको खण्डमा प्लेअफ खेल्नुपर्नेछ। छनोटमा ८ समूहमध्ये चौथो हुने कमजोर ४ टिम र पाँचौ हुने ८ टिमले तेस्रो चरणको लागि दुई लेगको प्लेअफ खेल्नेछ।

त्यसमा पहिलो चरणको प्लेअफबाट ६ टिम तेस्रो चरणमा छनोट हुने छन्। बाँकी ६ मध्ये ३ टिम अर्को प्लेअफबाट तेस्रो चरणको छनोटमा पुग्नेछन् जहाँ दुई लेगमा नकआउट मार्फत एसिया कपमा स्थान बनाउनेछन्। 

नेपालको अवस्था

समूह बी मा रहेको नेपालले विश्वकप छनोटमा ५ खेल खेल्दा चाइनिज ताइपेईलाई पराजित गर्दै ३ अंक जोडेको छ र ५ टिममा चौथो स्थानमा छ । नेपालले उसकै मैदानमा ताइपेईलाई २–० ले हराएको थियो।

जुन नेपालले विश्वकप छनोटमा विपक्षी टिमविरुद्ध गरेको गोल हो। छनोटका दौरान नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को हार बेहोरेको छ। त्यस्तै कुवेतसँग अवे मैदानमा ७–० तथा भुटानको थिम्पुमा १–० को हार नेपालले भोगेको छ।

समूह बी मा चार वटै खेल जितेको अष्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ। कुवेत र जोर्डनको समान १० अंक छ। गोलअन्तरमा कुवेत अगाडि रहँदै दोस्रो स्थानमा रहँदा नेपालविरुद्ध जोर्डनको लागि भने खेल निकै अर्थपूर्ण हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.