|

काठमाडौं: काठमाडौं उपत्यकाको निषेधाज्ञा १० दिन लम्ब्याउने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच मंगलबार यसबारे छलफल भएकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार कडाई गरिएको निषेधाज्ञा केही खुकुलो पनि गरिने भएकाे छ।

‘१० दिन निषेधाज्ञा थप्ने छलफल भएको छ,’उनले भने,‘बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिइने विषयमा पनि छलफल भएको छ, विकास निर्माणको काममा सम्बन्धित निकायले थोरै कर्मचारी राखेर काम गर्न पाइने पनि छलफल भएको छ,आधिकारिक निर्णय भने भोलि १० बजे मात्रै हुन्छ,आज छलफल मात्रै भएको छ।’ अरु सबै क्षेत्रमा भने पहिला जस्तो नै रोक लगाइने उनले बताए। जारी निषेधाज्ञा २० गते सकिँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.