एकको अवस्था गम्भीर

|

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित पकुचामा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।

जंगलबाट टिपेर ल्याएका पहिचान नभएको च्याउ पकाएर खाँदा ४३ वर्षीय नरबहादुर थामीको घरमा र २५ वर्षीय विमला थामीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा डिएसपी हरि खतिवडाले बिरामीमध्ये काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेका २९ वर्षीय पूर्ण थामीको अवस्था गम्भीर भएको जानकारी दिए।

उनका अनुसार अन्य ६२ वर्षीय रामबहादुर थामी, २७ वर्षीय सूर्य थामी र १९ वर्षीय कृष्ण थामीको अवस्था सामान्य रहेको छ। डिएसपी खतिवडाले प्रारम्भिक अनुसन्धानमा जंगली च्याउ खाएको देखिएको भएपनि परीक्षण पश्चात कसरी विरामी परे भन्ने थाहा हुने बताए।

त्यस्तै धुलिखेल नयगरपालिका–८ का अध्यक्ष निराजन जंगमले थामी परिवार दोलखा जिल्लाको बैत्तेश्वर गाउँपालिका–६ स्थायी घर भई केही वर्षदेखि धुलिखेल–८ स्थित पकुचामा ज्याला मजदुरी गरेर बस्दै आएका जानकारी दिए। घरनजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ खाएका उनीहरुको स्वास्थ्य समस्या जटिल देखिएपछि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.