|

पर्वत : कोरोना संक्रमितहरूको उपचार र हेरचाहको लागि निर्माण गरिएका धेरै कोरोना अस्पतालहरू आर्थिक तथा भौतिक समस्यामा छन्। पर्वतमा रहेका अस्पतालहरूले पनि यही समस्या भोगिरहेका छन्। आर्थिक समस्याका कारण सङ्क्रमितहरूलाई राम्रो सुविधा दिन नसकिरहेको अवस्थामा जिल्लाको महाशिला गाउँपालिकामा रहेको कोरोना अस्थायी अस्पतालमा भने आर्थिक तथा भौतिक सहयोग प्राप्त भएका छन्।

गाउँपालिकाका प्रवक्ता तथा अस्पताल रहेको वडा नं ५ का वडाध्यक्ष जीवन उचै ठकुरीका अनुसार सङ्क्रमितको उपचारमा समस्या आउन नदिन तथा उनीहरूको व्यक्तिगत स्वास्थ्यलाई बलियो बनाउन देशका विभिन्न ठाउँमा तथा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका स्थानीय नागरिकले सहयोग गरेका छन्।

उचैका अनुसार वडा नं ५ लामे घर भई हाल बेलायतमा रहेका किसान सिङ गुरुङको परिवारबाट ५० हजार मूल्यबराबरको विभिन्न खाद्य सामग्रीहरू प्राप्त भएका छन्।

यस्तै, निवर्तमान सांसद पदम गिरी, विश्व प्रजातान्त्रिक युवा सङ्घका उपाध्यक्ष सुन्दर भुसाल र हरिहर पोख्रेलको पहलमा चार थान आधुनिक बेड, चार थान अक्सिजन सिलिन्डर, एक थान अक्सिजन कन्सन्ट्रेटर, तीन थान पल्स अक्सिमिटर, चार थान बेड साइड लकर, चार थान आइभी स्ट्यान्ड सहित बन्दोबस्त र स्वास्थ्य सुरक्षा सतर्कताका विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ।

यस्तै वडा नं। ५ घर भई हाल बेलायतमा रहेकी बिन्दु गुरुङको परिवारबाट संक्रमितहरूको उपचारको लागि करिब एक लाख ४० हजार मूल्य बराबरको प्यासेन्ट मोनीटर, बेलायतमै रहेका किसान गुरुङबाट बिरामी तथा उपचारमा खटिएकाहरूलाई खाजा खानको लागि नगद ५० हजार रुपैयाँ र भक्त बहादुर गुरुङबाट १५ हजार रुपैयाँ प्राप्त भएको छ।

यसैगरी, पोखरामा बस्दै आएका धनबहादुर गुरुङ तथा बेलायतमा बस्दै आएका मदन गुरुङ र चन्द्रबहादुर गुरुङले एक÷एक थान अक्सिजन कन्सनट्रेटर, बेलायतमा रहेका धनबहादुर गुरुङले एक थान इसीजी मसिन, पोर्चुगलमा रहेका समीता गुरुङले स्वास्थ्य सामग्रीहरू सहयोग गरेका छन्।

वडाध्यक्ष उचैका अनुसार युवा सङ्घ पर्वत, अनेरास्ववियु पर्वत र नेपाल बाल सङ्गठन पर्वतबाट सर्जिकल मास्क,  स्यानिटाइजर, बिरामीहरूको लागि अण्डा सहयोग गरिएको छ।

गाउँपालिकाले अस्पतालको लागि छुट्टाएको रकमबाट मात्र सबै सामग्री र खाद्यान्न परिपूर्ति गर्ने अवस्था नरहेका कारण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई कोरोना बिरुद्धको अभियानमा सघाउन अनुरोध गरेपछि ती सहयोग प्राप्त भएको उचै बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.