|

काठमाडौं : निषेधाज्ञाका कारण छाक टार्न गाह्रो परेका मजदुरहरुलाई हाम्रो टिम नेपालले राहत वितरण गरेको छ।

निषेधाज्ञाका कारण काम नपाएर बिहान बेलुकी छाक टार्न नसकेका श्रमिक तथा मजदुरलाई शनिबार हाम्रो टिम नेपालले राहत वितरण गरेको हो।

उपत्यकाका विभिन्न स्थानबाट राहतका लागि आएका मजदुरहरुलाई १५ किलोग्राम चामल, ३ किलोग्राम दाल र १ लिटर तेल राहतस्वरुप वितरण गरिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए।

शनिबार मात्रै चार सय भन्दा बढीलाई राहत वितरण गरिएको उनले जानकारी दिए। हाम्रो टिम नेपालले अप्ठ्यारोमा परेका श्रमिक, मजदुर वर्गलाई निःशुल्क खाना खुवाउँदै आएको छ भने राहत पनि वितरण गर्ने गरेको छ। यस्तै निःशुल्क रुपमा अक्सिजन पनि उपलव्ध गराउँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.