|

काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्य सस्थामा ३० करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

सोमबार पत्रकार सम्मेलन गरी संघले देशभरका दुई सय भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको हो।

चु ची फाउन्डेशन ताइवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिईलगायतका ३० करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संघका महासचिव बद्री रिजालले बताए।

संघले कोभिड–१९ संक्रमणको महामारीलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर टेलिमेडिसिन सेवा र स्वास्थ्यकर्मीहरुलाई क्रिटिकल केयर सम्बन्धी तालिम लगायतको सेवा दिइरहेको पनि जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.