|

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएपछि एमाले संसदीय दलको बैठक बसेको छ। 

जारी दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ।  बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन्। मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिँदैछन्। एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ।

बहुमतले निर्णय गर्ने माधव पक्षको तयारी

२५ सदस्यीय एमाले संसदीय दलमा सभामुख बाहेक २४ सांसद छन्। तीमध्ये माधव नेपाल पक्षमा १५ जना छन् भने केपी ओली पक्षमा ९ जना छन्। माधव नेपाल पक्षले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताइएको छ। माधव पक्षले बहुमतका आधारमा दलको निर्णय गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने तयारी गरेको हो। माधव पक्ष सुदूरपश्चिम प्रदेश सरकारमा समेत सहभागी छ।

सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीले कारवाही प्रक्रिया अघि बढाएको बेला संसदीय दलको बैठक बसेको हो। ५२ सदस्यीय प्रदेश सभामा माओवादीका १३ र कांग्रेसका १२ सांसद छन् भने जसपाका २ जना सांसद छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.