|

काठमाडौं : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै दायर भएको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय कुमार चुडाल र सपना प्रधान मल्लको बेञ्चमा परेको छ। 

गत मंगलवार सर्वोच्च अदालतमा सभामुख अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै अन्तरिम आदेश बदर माग गर्दै भ्याकेटको निवेदन दिएका थिए।

अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख  नेत्रनाथ अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग–अलग भ्याकेटका निवेदन परेका छन्। ति निवेदनमाथि आज सुनुवाइ हुने भएको हो। 

सभामुख अधिकारीले राजमोले दिएको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गरेका थिए। सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो।

यस अघि पनि चुडालको एकल बेञ्चले नै थापालाई पुनर्बहालीको अन्तरिम आदेश दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.