|

काठमाडौं : कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको छ।

सर्वोच्च अदाललते बिहीबार कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध पुनरावलोकनमा जानका लागि पार्टीमा छलफल भइरहेको प्रवक्ता प्रदिप ज्ञवालीले थाहाखबरलाई जानकारी दिए।

त्यसका लागि पार्टीले निर्णय गरिनसकेको भए पनि छलफल भइरहेको उनले बताए। प्रवक्ता ज्ञवालीले अदालतको आदेशले सरकार वा पार्टीलाई अफ्ठेरो पर्यो भनेर नभई, दलीय प्रणालीको रक्षाका लागि पार्टीले त्यसको पुनरावलोकनमा जानेगरी छलफल गरिरहेको उनले बताए।

अदालतको फैसला आफूहरुले सम्मान गर्ने र अनावश्यक दबाब नदिने भन्दै उनले बहुदलीय प्रणालीलाई धक्का पुग्ने जोखिमलाई मध्यनजर गरि पुनरावलोकनमा जाने स्पष्ट पारे। 

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेले कारबाही गर्दा पदमुक्त भएका कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको थियो । उनीहरूलाई प्रदेश सभाको सदस्य र एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन भनिएको थियो। 

उनीहरुले यसअघि पार्टीको ह्विप उल्लङ्घन गर्दै फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्र निकट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेशसभामा विश्वासको मत दिएका थिए। जसका कारण शाहीको सरकार जोगिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.