|

काठमाडौं : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार दिउँसो बसेको प्रदेश सभाको आठौं अधिवेशनको छैटौँ बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

त्यसअघि सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुख कलौनीलाई स्वागत गरेका थिए। त्यसपछि सभामुख शाहीको आग्रहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख कलौनीलाई प्रदेश सरकारको नीति कार्यक्रमको मुल प्रति उपलब्ध गराएका थिए।

नीति कार्यक्रम प्रस्तुत गरिसकेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रि– बजेटमाथिको छलफल सकिएपछि नीति तथा कार्यक्रम ल्याइएकाे हाे।
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.