|

काठमाडौं :  बाढी-पहिरोका कारण  देशका विभिन्न क्षेत्रमा सडक अवरोध हुनुको साथै क्षति भएको छ। प्युठानको सरूमारानी गाउँपालिका-४ खहरेखोलास्थित भालुवाङ-प्युठान सडकमा वर्षाको कारण मंगलबार बिहान पहिरो खस्न गई अवरोध भएको छ।

यस्तै, बैतडीको पुर्चौडी नगरपालिका-६ स्थित खोड्पे-बझाङ सडकमा अविरल वर्षाका कारण मंगलबार बिहान पहिरो खस्न गई अवरोध भएको छ।
यसैगरी रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुस्थित पासाङ ल्हामु (धुन्चे-स्याफ्रुवेशी-टिमुरे) सडकमा मंगलबार बिहान पहिरो खस्दा पूर्णरुपमा अवरोध भएको छ।

मकवानपुरको  ईन्द्रसरोबर गाउँपालिका-२ झरनाखोल्सास्थित महालक्ष्मी खोला र झरना खोल्सामा सोमबार राति आएको बाढीले बगाएर एक थान मिक्चर, पानी बोक्ने ट्याङ्कर र ५ क्विन्टल रड तथा मर्मत गरिरहेको बाटो अन्दाजी १५० मिटरमा क्षति भएको छ।

नजिकको कार्यालयबाट तत्काल खटी गएको प्रहरीले अवरोध सडक जेसिबीको सहयोगमा खुलाउने कार्य गरिरहेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.