|
फाइल फोटो

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल तीन मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ।

आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।

एमालेका तीन जना सांसदले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका हुन्।

अदालतको अन्तरिम आदेशपछि पुनर्वहाली भई एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बारबार आमन्त्रण गर्दां पनि उपस्थित नहुने, माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भई आफ्नो पार्टीको निर्णय नमानेको भन्दै तत्काल राजीनामा दिन दलको बैठकले निर्णय गरेको हो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.