सात जना घाइते, एकको अवस्था गम्भीर

|

काठमाडौं : रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा दुई पक्षबीच झडप भएको छ। बिहीबारको पाँचौं नगरसभालाई विथोल्न विपक्षी समूहले ढुंगामुडा गरेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।

नगरसभामा नेकपा माओवादी परित्याग गरेर हालै एमाले बनेका पूर्व मन्त्री प्रभु साह प्रमुख अतिथि थिए। सो नगरपालिका की प्रमुख रीनाकुमारी साह प्रभु साहकी श्रीमती हुन्।

प्रभु साह र अन्य दलका कार्यकर्ताबीच नगरसभा चलिरहेकै बेला झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो। बाहिरका मान्छेलाई मौला बजार समेत आउन रोक लगाएर नगरसभा गर्न खोज्दा झडप भएको स्थानीयले बताएका छन्।

स्थिति नियन्त्रणमा प्रहरीले करिब ५० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको छ। झडपमा सात जना घाइते भएको र एकजनाको अवस्था गम्भीर छ। नगर प्रमुख रीनाकुमारी र उपमेयर गौरीशंकरप्रसाद जयसवाललाई माओवादी छोडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले हालै कारबाही गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.