|

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाए अनुसार आन्तरिक राजस्व कार्यालय धनुषामा कार्यरत कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर भएको छ।

ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार मुद्दा दायर गरेको बताइएको छ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार बर्दिबासबाट खटि गएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिई सकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धान क्रममा ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजन गर्ने काम सहज गरिदिने बहानामा घुस लिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.