|

बझाङ : बझाङमा उत्पादित मकै, आलु, सिमीलगायतका बालीलाई राष्ट्रिय स्तरमा चिनाउन कृषि ज्ञान केन्द्रले ब्राण्डिङ गर्ने भएको छ।

कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित सिमी लगाएयका बालीलाई ब्राण्डिङ गरी बजार पठाउन लागेको हो। आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केहि स्थानीय तहहरुले अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने भएका छन्।

नेपालको धेरै ठाँउमा अत्यधिक माग रहेको बझाङको आलु, सिमीले बजारमा पहिचान बनाए पनि स्थानीयस्तरमा उत्पादित आलु ब्राण्डिङ गर्न लागिएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताए।

बझाङमा अधिकांश कृषकको मुख्य खेती आलु र मकै भएकाले मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत बुङ्गल नगरपालिका–६ को डिन्नु गाउँमा, दुर्गाथली गाउँपालिकाको सैनपसेला, जयपृथ्वी नगरपालिकाको पिठालेक, धामीलेक, मष्टाको कोटदेवलमा मकै, बुंगल नगरपालिका–१ र २ का स्थानीयलाई आलुमा आत्मनिर्भर बनाउन लागिएको प्रमुख विष्टले बताए।

विष्टले मकै उत्पादन गर्ने क्षेत्रमा २१ लाख बराबरको टिनको विउ राख्ने भकारी, चार सय थान विउ सुकाउने तिरपाल र पाँच वटा हाते ट्याक्टर सहयोग गर्ने जानकारी दिए।

स्तै तल्कोट गाउपालिका–६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ। कृर्षि ज्ञान केन्द्र बझाङले पहिलो पटक जिल्लामा उत्पादन भएको भीरमौरीको मह, सिमी, मकै र आलु लगायतका खाद्यान्न सामग्रीलाई अर्को जिल्लासम्म पुर्याउने लक्ष्य लिएको छ।

यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र सदरमुकाम चैनपुरमा कोसेली घर निर्माणको लागि १२ लाख छुट्टयाएको ज्ञान केन्द्रले जनाएको छ। ज्ञान केन्द्रले आलु व्याकिङको लागि सामग्रीको ब्यवस्थापन भैसकेको र साउन महिनाभित्र आलु बजारमा ल्याउने तयारी रहेको जनाएको छ।

साथै स्थानीय तथा राष्ट्रिय बजारमा एक करोड ४४ लाख बराबरको ३५ हजार क्वीन्टल आलु निर्यात गरिनेसमेत ज्ञान केन्द्रले जनाएको छ। लामो समयदेखि परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुलाई आलुजोन योजनाबाट आधुनिक तरिकाले आलु लगाउने तरिका सिकेपछि किसान खुशी भएका छन्। आलु उत्पादनमा अझ अग्रसर हुन थालेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.