|

काठमाडौं : विराटनगरको बालसुधार गृहबाट तीन जना फरार भएका छन्। बालसुधार गृहको तीन तलामाथिबाट हामफालेर शनिबार बिहान उनीहरु फरार भएका हुन।

एकैपटक चार जना भाग्ने प्रयास गरेकामध्ये एक जनालाई भने प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। शनिबार बिहान अन्दाजी तीन बजेतिर उनीहरू भागेको सुधार गृहले जानकारी दिएको छ।

भाग्दाभाग्दै पक्राउ परेका बालक झापाका स्थायी बासिन्दा हुन्। उनलाई जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ। भागेका तीन जना भने शनिबार साँझसम्म पनि फेला नपरेको सुधारगृह प्रमुख मिलन चौहानले जानकारी दिए।

सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएका तीन जना फरार बनेका हुन्। भागेकामध्ये दुई जना जबर्जस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका अभियुक्त हुन्। अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.