|

काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमाथिको पक्की पुल भासिएको छ।

कैलाली र बर्दिया जोड्ने राजापुरको पक्की पुल एक छेउमा कटान भएपछि पुल भासिन थालेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको छालले पुलको बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि जोखिम बढेको हो।

कैलालीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले पुल भासिएपछि आवतजावत बन्द गरिएको बताए। त्यो स्थानमा कैलाली र बर्दिया दुबै जिल्लाबाट प्रहरी टोली खटिएको छ।

पुलको अन्तिम पिल्लर नदीकै बीचमा छ। स्थानीयले भनेअनुसार पिल्लर थप नगरी नदी किनारमा माटोले पुरेर अग्लो बनाई बाटो बनाइएको थियो। निर्माण सकिएदेखि नै त्यहाँ कटान भइरहेको स्थानीयले बताए। पुलको छेउतिरबाट माटो बग्न थालेपछि ४० करोड लगानीको पुल बग्ने खतरा बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.