|

काठमाडौं : सुनसरीको ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ।

कार्यालयमा परेको उजुरी मिलाई दिने भन्दै सेवाग्राहीसँग घुसवाफत लिएको ६० हजार रुपैयाँसहित पक्राउ परेका यादवविरुद्ध अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

प्रहरी जवान यादवलाई अख्तियारको टोलीले ६० हजार रकमसहित गत चैत्र २६ गते नियन्त्रणमा लिएको थियो। यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भन्दै सेवाग्राहीसँग ६० हजार घुस लिएको खुलेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.