|

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस जारी रहने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जारी बहसमा अब साढे १ घण्टा बहस गर्न बाँकी छ। रिटको विपक्षमा बहस गर्न छुट्टाइएको १५ घण्टा समयमध्ये ७ घण्टा प्रधानमन्त्रीका निजी वकिललाई छुट्टाइएको थियो। 

जसमध्ये साढे १ घण्टा बहसको समय बाँकी छ। यसअघि महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिलको बहस बुधबार सकिएर प्रधानमन्त्रीको पक्षको कानून व्यवसायीको बहस सुरु भएको हो। आज प्रधानमन्त्रीका कानून व्यसायीको सुनुवाइ सकिएपछि सभामुखका कानून व्यवसायीको बहस हुनेछ। 

त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन्। जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ। गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ७ गतेको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.