|

काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। 

हिजो साँझ सिंहदरबारमा बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो १ बजे पुनः बैठक बस्ने भएको हो। हिजोको बैठकमा आन्तरिक विवाद समाधानका लागि गम्भीर छलफल भएको माधव नेपाल पक्षीय कार्यदलका नेता भीम रावलले बताए। 

पार्टी एकता कायम गरेर अघि बढ्ने र त्यसमा दुवै पक्ष थप गम्भीर हुने सल्लाह भएपछि हिजोको बैठक सकिएको थियो। बैठकमा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि बैठक सकारात्मक र हार्दिक भएको बताउका थिए। आजको बैठकमा सहमतिका मिलनविन्दुहरु पहिल्याउन थप कोशिष गरिने बताइएको छ। 

आन्तरिक विवाद मिलाउन गत जेठ २ गते गठित कार्यदलमा दुवैपक्षका पाँच–पाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। 

बीचमा लामो समय काम गर्न नसकेको कार्यदल आइतबार साँझ नेता भीम रावलले अध्यक्ष केपी ओलीसँग भेट गरेपछि पुनः सक्रिय बनेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.