|

काठमाडौं : बिहीबार बेलुकी बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरु भएको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको नेता माधवकुमार नेपाल समूहको कार्यदलका सदस्य घनश्याम भुसालले जानकारी दिए।

कार्यदलका सदस्यसमेत रहेका अर्थमन्त्री विश्णु पौडेलले मन्त्रिपरिषद् बैठकमा जानुपर्ने भएकाले बैठक बिनाकुनै निष्कर्ष टुंगिएको उनले बताए। 

नेता भुसालले पछिल्लो १० दिनदेखि कार्यदलले कुनै पनि ठाेस प्रगति गर्न नसकेको जनाए। ‘हामीले १० दिनदेखि कुनै खास प्रगति गरेका छैनौं, १० दिनअघि केही अनौपचारिक छलफल पछि एजेन्डाहरु तयार गरेका थियौ तर सामान्य छलफल भयो, कुनै खास ठोस प्रगति गर्न सकेका छैनौ’ भुसालले भने,‘बिभिन्न कारणले खास ठोस, मुर्त कन्टिव्युट गर्न सकेका छौनौं।’

आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सहमतिको मस्यौदाबारे टुंगो लगाउने जनाइएको थियो। कार्यदलको बैठक आजै दिउँसो पनि बसेको थियो। बैठकलाई निर्णायक बनाउने भन्दै अहिले साँझसम्मको लागि स्थगित गरिएको थियो।

ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा दुई घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई÷दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.