|

डडेल्धुरा  : डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्ला सदरमुकाम बागबजार घरनजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन्।

मृत फेला परेका धामीको खल्तीमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। उनले कागजमा बेरेर राखेको ब्राउन सुगर फेला परेको उनले बताए।

धामी भीमदत्त चोकनजिक एक पसलको बाहिर मृत अवस्था फेला परेका थिए। शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.