|

लमजुङ : लमजुङ कारागारमा एक थुनुवा महिलाको मृत्यु भएको छ। 

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी दूधपोखरी गाउँपालिका ३, फुलिङगिरीकी ४८ वर्षीया फूलमाया विक शुक्रबार बिहान करिब ४ः३० झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला कारागार लमजुङका जेलर तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जगदीश मिश्रले बताए।    

ती महिलाको शव शौचालयमा तन्ना बाँधेर झुण्डिएको अवस्थामा भेटिएको थियो। कारागारमा ८९ जना कैदीबन्दी छन्। 

ती मध्ये १० जना महिला कैदीबन्दी छन्। उनीहरु हरेक दिनजसो रमाइलोका लागि नाचगान गर्ने गर्थे। बिहीबार राति १२ बजेसम्म नाचगान गरेर सुतेको जेलर मिश्रले बताए।    

प्रहरीका अनुसार फुलिङगिरीका ७ वर्षीय बालकलाई ऐना फुटाएको निहुँमा कुटपिट गर्ने क्रममा बालकको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा वैशाख २४ गतेदेखि पुर्पक्षको लागि थुनामा थिइन्।

शव पोस्मार्टम गरी परिवारलाई जिम्मा दिइसकेको प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.