|

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा नेकपा एमालेनिकट अनेरास्ववियु (ओली पक्ष) ले ताजा जनादेशको पक्षमा प्रदर्शन गरेको छ। 

युवाहरूले 'जनमत सिर्जना गरौं' भन्दै शुक्रबार प्रदर्शन गरेका हुन्। धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मुख्य गेटअगाडि अनेरास्ववियुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। 

'राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं', 'ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं' उनीहरूले नारा लगाएका अनेरास्ववियु कैलालीका संयोजक किशोर शाहले बताए।

प्रदर्शनमा सहभागी विद्यार्थीले 'बहुदलीय लोकतान्त्रिक प्रणालीमाथिको आक्रमण स्वीकार्य छैन', 'संवैधानिक सर्वोच्चता कायम गर', 'सांसदलाई दलविहीन करार गरेर बहुदलीय व्यवस्था जोगिन सक्दैन', 'विद्यार्थी र शिक्षकलाई खोप दिई परीक्षा र शैक्षिक सत्र सुरु गर' जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.